नि:शुल्क यातायात सुविधाले विद्यार्थीलाई राहत

बाग्लुङ | साउन २१, २०८१

नि:शुल्क यातायात सुविधाले विद्यार्थीलाई राहत

बागलुङ:    अपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठनपाठन गराउँदै आएको यहाँको रामरेखा आधारभूत विद्यालयले यातायात सेवा सुरू गरेपछि विद्यार्थीलाई सहज भएको छ । 

    
बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयले एक सय ३९ विद्यार्थीमध्ये १२ जना अपाङ्गता विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन् तर अन्य विद्यार्थीले टाढाबाट आउनुपर्दा निकै समस्या भोग्नुपरेको थियो । यस्ता विद्यार्थीलाई निःशुल्क यातयात सेवा दिन थालिएको हो ।  

    
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बागलुङ र पर्वतको विभिन्न स्थानबाट विद्यार्थी ल्याउन भ्यान सेवा सुरू गरिएको जानकारी दिनुभयो । केसीले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को पहलमा विद्यालयको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि भ्यान सेवा दिन थालिएको बताउनुभयो । 

    
भ्यान सुविधापछि बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज भएको उहाँले बताउनुभयो । “मालढुङ्गा, खनियाघाट र दमुवाखोलाका विद्यार्थीहरू भाडा तिरेर बसमा समेत आउ–जाउ गर्दै आएका थिए, विद्यार्थीलाई सहजताका लागि भ्यानको व्यवस्था मिलाएका छौँ, भ्यान सञ्चालनका लागि अभिभावक र स्थानीय तहबीच सहकार्य गर्न बाँकी नै छ,” केसीले भन्नुभयो, “गत वर्ष एक सय १० जना विद्यार्थी भएको विद्यालयमा अहिले एक सय ३९ जना पु¥याउन सफल भएका छौँ, विद्यालयको शैक्षिक गतिविधि बढाउन थालेपछि विद्यार्थी बढेका छन्, खासगरी मजदुर र विपन्नका छोराछोरीलाई भ्यान सुविधाले राहत दिनेछ ।”


सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि काम गर्दै आएको डिआइआरडिसीले विद्यालयलाई भ्यान प्रदान गरेको अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो । करिब रु ५० लाख पर्ने भ्यानलाई राजस्व छुट गरेर रु २० लाख भित्र्याइएको उहाँले बताउनुभयो । 

    
बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले अपाङ्गता भएका विद्यार्थी र अधिकांश मजदुरका छोराछोरी पढ्ने विद्यालयले यातयातको सेवा दिन थालेपछि बालमैत्री नगर घोषणामा थप सहयोग पुगेको बताउनुभयो ।  

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्